१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द



बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको उपचार सेवा बन्द एक हप्ताको लागी बन्द गरीएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा मध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएसंगै उपचार सेवा बन्द गरिएको हो ।

कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुने छन् । बाँकेमा कोरोना संक्रमित संख्या उच्च रहेको छ । कोरोना संक्रमित बढेसँगै बाँके लगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ । भने कोहलपुर नगरपालिकाले आईतबार९आज० राती १२ बजेदेखि वैशाख १९ गते मध्यरातीसम्म लकडाउन गरिएकोछ ।

यसैबीच, एकैदिन बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार एक सय २८ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ३५ बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका