१० असार २०८३, बुधबार | June 24, 2026

डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द



बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको उपचार सेवा बन्द एक हप्ताको लागी बन्द गरीएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा मध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएसंगै उपचार सेवा बन्द गरिएको हो ।

कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुने छन् । बाँकेमा कोरोना संक्रमित संख्या उच्च रहेको छ । कोरोना संक्रमित बढेसँगै बाँके लगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ । भने कोहलपुर नगरपालिकाले आईतबार९आज० राती १२ बजेदेखि वैशाख १९ गते मध्यरातीसम्म लकडाउन गरिएकोछ ।

यसैबीच, एकैदिन बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार एक सय २८ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ३५ बजे

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब