४ आश्विन २०८३, आइतबार | September 20, 2026

जन्ती बोकेको जिप बैतडीमा दुर्घटना, एकको मृत्यु, दुलाहा-दुलही घाईते



बैतडी । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा(दुलही घाईते भएका छन् ।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका-६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा दुलही सामान्य घाईते भएको स्थानीय सञ्चारकर्मी वसन्त बिष्टले घटनास्थलबाट जानकरी दिए । दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम गरिरहेको बिष्टले बताए ।

आईतबार बैतडीको दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो ।

एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ । साभार गोरखापत्र अनलाइन

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ३३ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी