१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोराना उपचारमा भारतलाई अमेरिकासहित अन्य मुलुकबाट स्वास्थ्य सामग्री सहयोग गर्ने



काठमाडाैं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित भएको भारतलाई विश्वका विभिन्न मुलुकहरूले स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ ।

बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । बेलायतले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण (जसले हावाबाट अक्सिजन तान्नसक्छ) तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।

युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँन थालेको छ । फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ भने युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

अक्सिजन र औषधिको अभावमा बिरामी र उनीहरुका आफन्तले सामाजिक सञ्जालमा सहयोगको याचना गरेसँगै विभिन्न राष्ट्रले उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ०३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम