१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सुरक्षित रहँदै व्यवसाय सञ्चालन आग्रह



पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ ।

कोभिड-१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।

सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड-१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायसँग माग गरिएको छ ।

सङ्घले उद्योग/व्यवसाय लयमा फर्कँदै गर्दा पुनः ‘मिनी लकडाउन’को अवस्था आउनु निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ । “सरकारबाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भइसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ ।

सङ्कटका बेला उद्योगी/व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सङ्घले सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी नीतिअनुरूप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरेको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : २९ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल