१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सुरक्षित रहँदै व्यवसाय सञ्चालन आग्रह



पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ ।

कोभिड-१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।

सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड-१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायसँग माग गरिएको छ ।

सङ्घले उद्योग/व्यवसाय लयमा फर्कँदै गर्दा पुनः ‘मिनी लकडाउन’को अवस्था आउनु निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ । “सरकारबाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भइसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ ।

सङ्कटका बेला उद्योगी/व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सङ्घले सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी नीतिअनुरूप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरेको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : २९ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता