२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सुरक्षाका कुनै मापदण्ड पूरा नगरी भारतबाट सिधै घर



जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् ।

सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् ।

प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ ।

संक्रमितको सङ्ख्या बढ्दै

जाजरकोटमा विगत दुई दिनमा कोरोना संक्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र संक्रमितको २० नाघेको छ ।

कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ ।

अधिकांश डोल्पा यार्सा सङ्कलनतिर

भारतबाट कमाइ नभएको भन्दै केही सर्वसाधारण उपल्लो डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । नाकामा जाँच नहुँदा जहाँ गए पनि स्वतन्त्र भएका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन् । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १४ बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक