२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सरकारी निर्णय विपरित विद्यालय खोल्ने गर्ने ११ संचालक पक्राउ



काठमाडौं । सरकारको निर्णय अवज्ञा गरेर विद्यालय संचालन गर्ने सप्तरीका निजी विद्यालयसंचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

११ वटा विद्यालयका संचालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले आइतबार मात्रै सीसीएमसी बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारी निर्देशन अवज्ञा गर्दै विद्यालय खोले पछि प्रहरीले कारवाही गरेको हो । कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै गएपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।

राजविराज नगरपालिकामा खुलेका विद्यालयका संचालकलाई प्रमुख जिल्ला अधिकारी, सजल्ला सुरक्षा अधिकारी र नगरापालिकाका प्रमुखको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल भैरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : १६ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य