१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

चार कोरोना विशेष अस्पताललाई लुम्बिनी सरकारले १ करोड ७५ लाख उपलब्ध गराउँदै



बुटवल । कोरोना संक्रमितहरुले अस्पतालमा बेड नपाएर भुँईमै प्राण त्याग्नु पर्ने अवस्था आएपछि लुम्बिनी प्रदेश सरकारले प्रदेशका चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

अस्पतालमा बेड नपाएर संक्रमितहरु घरघरमै मृत्यु हुन थालेपछि प्रदेश सरकार तातेको हो । कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले र भैरहवा स्थित भिम अस्पताललाई २५ लाख सहित एक करोड ७५ लाख प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रदेश सरकारले उपलब्ध गराउने रकम रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको सल्लाहकार केसीले बताए ।

अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु भएको र अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा संक्रमितले आत्महत्या गरेको खबर सार्वजानिक हुँदा प्रदेशका मुख्यमन्त्रीले काठमाडौमा धरहरा र पार्टी मुख्यालयको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै बसेको भन्दै मुख्यमन्त्री पोखरेलको आलोचना भएको थियो । १६५ बेड क्षमता भएको भेरी अस्पतालमा २०३ जना संक्रमितको उपचार भईरहेको छ भने लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग