७ आश्विन २०८३, बुधबार | September 23, 2026

चार कोरोना विशेष अस्पताललाई लुम्बिनी सरकारले १ करोड ७५ लाख उपलब्ध गराउँदै



बुटवल । कोरोना संक्रमितहरुले अस्पतालमा बेड नपाएर भुँईमै प्राण त्याग्नु पर्ने अवस्था आएपछि लुम्बिनी प्रदेश सरकारले प्रदेशका चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

अस्पतालमा बेड नपाएर संक्रमितहरु घरघरमै मृत्यु हुन थालेपछि प्रदेश सरकार तातेको हो । कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले र भैरहवा स्थित भिम अस्पताललाई २५ लाख सहित एक करोड ७५ लाख प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रदेश सरकारले उपलब्ध गराउने रकम रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको सल्लाहकार केसीले बताए ।

अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु भएको र अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा संक्रमितले आत्महत्या गरेको खबर सार्वजानिक हुँदा प्रदेशका मुख्यमन्त्रीले काठमाडौमा धरहरा र पार्टी मुख्यालयको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै बसेको भन्दै मुख्यमन्त्री पोखरेलको आलोचना भएको थियो । १६५ बेड क्षमता भएको भेरी अस्पतालमा २०३ जना संक्रमितको उपचार भईरहेको छ भने लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई