४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको माग



काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरको छ ।

संघले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमण तीव्र गतिमा फैलिएका स्थानहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । ‘कोभिड १९ का बिरामीले अस्पतालका बेडहरू भरिएको छ । बढी संक्रमित भएका जिल्लामा मेडिकल इमर्जेन्सी घोषणा गरेर नागरिकको स्वस्थ्य उपचारलाई सहज बनाउनुपर्छ ।’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले विज्ञत्मिा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पतालको प्रयोग गर्न आग्रह समेत गरेको छ ।

अस्पतालहरूमा आवश्यकता अनुसार अक्सिजन बेड र एचडीयू थप्न तथा निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचार गराउने ब्यवस्था मिलाउन संघले माग गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिनुिपर्ने भन्दै विज्ञप्तिमा उनीहरूलाई घोषण गरिए अनुसार जोखिम भत्ता र बिमा प्रभावकारी रूपमा लागू गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ३२ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता