१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा आज पनि ४ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमतिको आज मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना, भेरी अस्पतालमा उपचाररत १ जना र होम आइसोलेसनमा बसेका १ जना गरि आज बाँकेमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मेडिकल कलेजमा उपचाररत कोहलपुर ५ कि ४५ वर्षिया महिलाको आज बिहान ७ बजे मृत्यु भएको थियो भने, नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका बर्दिया बढैयाताल ८ का संक्रमितको थप उपचारका लागि भेरी अस्पतालमा पु¥याए लगत्तै मध्यान्ह १२ बजे मृत्यु भएको थियो । त्यस्तै नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा उपचारकै क्रममा २ः३५ बजे मृत्यु भएको छ भने खजुरा २ का ८८ वर्षिय पुरुषलाई हिजो आईतबार मेडिकल कलेजबाट डिस्चार्ज गराई होम आइसोलेसनमा लगेकोमा आज ४ बजे उनको मृत्यु भएको छ ।

बाँकेमा जिल्ला भित्रका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ भने जिल्ला बाहिरबाट बाँकेमा आई उपचारका क्रममा मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज