१८ श्रावण २०८३, सोमबार | August 3, 2026

हवाई यातायात चलाएर सडक यातायात बन्द गरिए यातायात व्यवसायीले अवज्ञा गर्ने



काठमाडौं । यातायात व्यवसायीहरुले हवाई उडान नरोके सरकारको लकडाउन अवज्ञा गर्ने बताईरहँदा सरकारले भने तत्काल आन्तरिक हवाई उडान नरोक्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा सडक यातायात रोक्ने सीसीएमसीको सिफारिसलाई अनुमोदन गरेपनि बैठकले हवाई उडान नरोक्ने निर्णय गरेको बताईएको छ ।

हवाई यात्राका क्रममा स्वास्थ्य मापदण्ड पालना भएरनभएको कडाका साथ अनुगमन गरेर थप व्यवस्थित बनाउने बैठकले निर्णय गरेको छ । निषेधाज्ञाका नाममा सडक यातायात मात्र रोक्ने निर्णय हुन सक्ने सम्भावना देखेपछि नेपाल यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले हवाई यातायात संचालन गरेर सडक यातायातमात्र रोक्ने निर्णय भए यातायात व्यवसायीले अवज्ञा गर्ने बताएका थिए ।

महासंघका उपमासचिव डेकनाथ गौतमले खबरकुरासँग कुरा गर्दै हवाई यातायात चलाएर सडक यातायात बन्द गरिए अवज्ञा गर्नुको बिकल्प नरहने बताए । उनले सीसीएमसीको मापदण्ड मानेर यातायात ब्यवसायी आधा सवारी बोक्न समेत तयार भएको अवस्थामा पूर्ण रोक लगाउने निर्णय यातायात ब्यवसायीलाई मान्य नहुने बताए ।

सीसीएमसीले भने सडक यातायात सहित १५ वैशाखदेखि आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई परिमार्जन गर्दै हवाई यातायात नरोक्ने गरि सीसीएमसीको सिफारिसलाई पारित गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल