१ पुस २०८२, मंगलबार | December 16, 2025

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार संक्रमित थपिए, २ हजार ७६४ जनाको मृत्यु



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

त्यस्तै कुल मृतकको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । त्यहाँ अहिले पनि २८ लाख ८२ हजार ५ सय बढी सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज