२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पर्सामा बिहीबारदेखि निषेधाज्ञा जारी



पर्सा । पर्सामा पनि बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ ।

त्यस्तै कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड-१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ११ बजे

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक