१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अब सामुदायिक, गैरसरकारी र निजी अस्पतालहरुमा पनि कोरोनाको उपचार हुने, सोधभर्ना सरकारले दिने



काठमाडौं । २५ बेड देखि माथिका सरकारी, सामुदायिक, गैरसरकारी तथा निजी अस्पतालहरुलाई पनि सरकारले कोरोना संक्रमणको उपचारका लागि प्रयोग गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक परिपत्र गर्दै समूदाय स्तरमा संचालनम रहेका सामूदायीक अस्पताल, गैरसरकारी संघ संस्थाबाट संचालित अस्पताल तथा निजी अस्पतालहरुलाई समेत सरकारले सोधभर्ना दिने गरि कोरोना संक्रमणको उपचारमा प्रयोग गर्न निर्देशन गरेको छ ।

जिल्लामा रहेका त्यस्ता अस्पतालहरुसँग प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले यथासिघ्र सम्झौता गरि मन्त्रालयबाट सोध भर्ना भुक्तानी हुने गरि प्रयोग गर्न परिपत्र गरिएको छ । नेपाल सरकारले बैशाख ६ गते जारी गरेको निर्देशिका अनुसार २५ देखि २०० बेड सम्म रहेका त्यस्ता अस्पतालहरुसँग सम्झौता गर्ने अस्पतालमा कोरोना संक्रमणको उपचारको ब्यवस्था मिलाई मन्त्रालयलाई जानकारी गराउन परिपत्रमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणका बिरामीहरु दिनानुदिन बढ्दै गएर बिरामीहरुले अस्पतालमा बेड नपाएको, बेड पाए पनि अक्सिजन नपाएको, अस्पतालका सबै बेडहरु भरिभराउ भएको जन गुनासो आएपछि सरकारले सामुदायीक र निजी अस्पतालहरुमा उपचार गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ०७ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं