१ पुस २०८२, मंगलबार | December 16, 2025

स्वास्थ्कर्मीको बिदा खारेज, दरबन्दी खाली भए अस्पताल प्रशासनले नै भर्ना गर्न सक्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका अस्पतालहरुको लामो बिदामा बसेका स्वास्थ्यकर्मीहरुको बिदा खारेज गरेको छ । कोरोना संक्रमणले महामारीको रुप लिएको भन्दै अस्पतालबाट बिदामा बसेका स्वास्थ्यकर्मीलाई तुरुन्त हाजिर हुनका लागि पत्र काट्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा बिपद व्यवस्थापन इकाईका प्रमुख डा. समिर कुमार अधिकारीबाट जारी निर्देशनमा अस्पतालहरुमा दरबन्दी खाली भए यथासिघ्र बिज्ञापन गरि दरबन्दी पुरागर्ने, उपलब्ध जनशक्तिलाई आधा आधाको पालो गरि ड्युटी गराउने, थप जनशक्ति आवश्यक भए ६ महिनाको करार सेवामा भर्ना गर्ने, पद रिक्त भए तुरुन्त पुरा गर्ने तथा आवश्यकता अनुसार बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया समेत स्थगित गरि कोरोना संक्रमितको उपचारमा ब्यवस्थापन मिलाउन मन्त्रालयले निर्देशन गरेको छ ।

करिव १५ दिन देखि अकल्पनियरुपमा संक्रमितको संख्या थपिनुका साथै नयाँ थपिएका संक्रमितहरुमा अधिकांस लक्षण सहितको र अस्पताल भर्ना गर्नैपर्ने खालका रहेका कारण देशैभर कोरोनाका लागि तयार गरिएका अस्पतालहरु भरिएर थाम्न नसक्ने अवस्थामा पुगेका छन् । कतिपय अस्पतलहरुमा ८० प्रतिशत बढी स्वास्थ्कर्मीहरु स्वयम संक्रमित भएपछि सेवा नै अवरुद्ध हुन पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज