८ चैत्र २०८२, आइतबार | March 22, 2026

सशस्त्र प्रहरीको १९ औँ बिओपी दोधारा चाँदनीमा उद्घाटन



कञ्चनपुर । दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९ औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा खटिने जानकारी दिए ।

जस्ताले छाएका दुईवटा टहरा, ब्यारेक, अफिस ब्लक, भान्साघर, शौचालय र ११ वटा डिउटी पोष्ट सहितको बिओपी निर्माण गरिएको छ । बिओपीको जिम्मेवारी क्षेत्र सीमा स्तम्भ नं ८०३ देखि मुख्य सीमा स्तम्भ नं २०५ सम्मको करीब सात किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उनका अनुसार दोधारा चाँदनी नगरपालिका-१ र भीमदत्त नगरपालिका-१२ भुजेलासम्म उद्घाटन गरिएको बिओपीको इलाका विभाजन गरिएको छ । आगामी दिनमा थप बिओपीहरू क्रमिकरूपमा थप्दै लैजाने योजना रहेको उनले बताए ।

कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १९ वटा बिओपी स्थापना गरिएका छन् । २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य रहेको छ । छवटा बिओपीको स्थायी भवनका लागि बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ४७ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड