१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भारतमा संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च : एकैदिन ३ लाख ६२ हजार बढी संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर झनै तीब्र बन्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो । एक साता यता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन ।

भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २८५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म मृत्यु हुनेको कुल संख्या २ लाख १ हजार १ सय नाघेको छ ।

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो । पछिल्लो एक साता यता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए ।

भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन । सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन ।

त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन । पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण फैलिएका राज्यहरुमा पर्दछन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ०२ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२