८ बैशाख २०८१, शनिबार | April 20, 2024

नारायणी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताए ।

तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ०७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा