१४ चैत्र २०८२, शनिबार | March 28, 2026

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बैशाख १९ गते बस्दै, अविश्वासको प्रस्तावको टुङ्गो लगाउने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै बिशेष अधिवेशनका लागि गरिएको समावेदन अनुसार विशेष अधिवेशन आह्वान गरिएको छ।

विपक्षी दलहरूको समावेदन अनुसार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले यही वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना पाउनासाथ मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका थिए। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र प्रदेशसभाको बिशेष अधिवेशनकालागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए।

विशेष अधिवेशनले अब मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुङ्गो लगाउने छ ।

यस्तो छ अंक गणित :
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय रहेकोमा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद बर्खास्त भएपछि अहिले ८५ सदस्य मात्र छन्। सभामा नेकपा एमालेबाट मात्रै सबैभन्दा बढी ४१ सांसद छन्। एमालेको ४१ मध्य २ जना नेपाल पक्षमा रहेका छन् ।

यस्तै सभामुखसहित माओवादी केन्द्रका १८ र नेपाली कांग्रेसका १९ सांसद छन्। जसपाका ६ सांसद छन्। राष्ट्रिय जनमोर्चासँग एक सिट छ । जसपाका ६ सांसद मध्य ४ जना अविश्वासको प्रस्ताव दर्ता भएकै दिन शंकर पोखरेल सरकारको मन्त्री बनिसकेका छन् । ६ मध्य २ जना मात्र अविश्वासको प्रस्तवको पक्षमा उभिएका छन् ।

सभामुखले निर्णयक मत दिंदा समेत विपक्षीहरुसँग ४० मत मात्र पुग्ने देखिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पारित गर्न ४३ मत आवश्यक छ। यस हिसाबले ३ सांसदको खाँचो छ। नेपालपक्षका २ सांसदले फ्लोर क्रस गरेपनि अविश्वासको प्रस्ताव पास हुने अवस्था देखिँदैन ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ४० बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति