१८ माघ २०८२, आइतबार | February 2, 2026

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बैशाख १९ गते बस्दै, अविश्वासको प्रस्तावको टुङ्गो लगाउने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै बिशेष अधिवेशनका लागि गरिएको समावेदन अनुसार विशेष अधिवेशन आह्वान गरिएको छ।

विपक्षी दलहरूको समावेदन अनुसार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले यही वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना पाउनासाथ मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका थिए। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र प्रदेशसभाको बिशेष अधिवेशनकालागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए।

विशेष अधिवेशनले अब मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुङ्गो लगाउने छ ।

यस्तो छ अंक गणित :
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय रहेकोमा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद बर्खास्त भएपछि अहिले ८५ सदस्य मात्र छन्। सभामा नेकपा एमालेबाट मात्रै सबैभन्दा बढी ४१ सांसद छन्। एमालेको ४१ मध्य २ जना नेपाल पक्षमा रहेका छन् ।

यस्तै सभामुखसहित माओवादी केन्द्रका १८ र नेपाली कांग्रेसका १९ सांसद छन्। जसपाका ६ सांसद छन्। राष्ट्रिय जनमोर्चासँग एक सिट छ । जसपाका ६ सांसद मध्य ४ जना अविश्वासको प्रस्ताव दर्ता भएकै दिन शंकर पोखरेल सरकारको मन्त्री बनिसकेका छन् । ६ मध्य २ जना मात्र अविश्वासको प्रस्तवको पक्षमा उभिएका छन् ।

सभामुखले निर्णयक मत दिंदा समेत विपक्षीहरुसँग ४० मत मात्र पुग्ने देखिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पारित गर्न ४३ मत आवश्यक छ। यस हिसाबले ३ सांसदको खाँचो छ। नेपालपक्षका २ सांसदले फ्लोर क्रस गरेपनि अविश्वासको प्रस्ताव पास हुने अवस्था देखिँदैन ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ४० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन