१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ४८९७ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ८ सय ९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा २ हजार ४७ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् ।

मंगलबार देशभर ७७३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । निको हुने दर ८९।३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ४३ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री