१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

होस्टेल बसेकी विद्यार्थी मृत्युमा अभिभावक नै दोषी रहेको प्यारामाउण्टको आरोप



बुटवल । होस्टलमा राखेर पढाईरहेको रुपन्देहीको प्यारामाउण्ट विद्यालयकी एक छात्रा उच्च ज्वरोका कारण मृत्यु भएको सम्बन्धमा विद्यालयले अभिभावकलाई दोष लगाएको छ ।

कोरोना माहामारीले विकराल स्वरुप ग्रहण गर्दा समेत सरकारले ताकेको मापदण्ड विपरित २५ जना भन्दा बढी विद्यार्थी एकै ठाँउमा भेला गरी कक्षा संचालन गर्ने तथा होस्टेल संचालन गर्दै आएको तिलोत्तमास्थित प्यारामाउण्ट स्कुलले विद्यार्थी मृत्युमा उल्टो अभिभावकलाई दोष लगाएको छ । होस्टेलमा रहेकै अवस्थामा बिरामी भएका विद्यार्थीलाई अस्पताल नलगी अभिभावक बोलाएर घर पठाएको सो विद्यालयले अभिभावकले समयमा अस्पताल नलगेका कारण विद्यार्थीको मृत्यु भएको बताएको हो ।

होस्टेलमा राखेर पढाई संचालन गरिरकै अवस्थामा गत वैशाख ११ गते विद्यालयले कक्षा १० मा अध्यनरत १५ वर्षीया विद्यार्थी प्रतिभा सापकोटालाई होस्टेलमै बिरामी परेपछि अभिभावक बोलाएर जिम्मा लगाएको थियो । अभिभावक विद्यार्थीका दाजु प्रकाश सापकोटाले स्थानीय क्रिमशन अस्पताल पु¥याए लगत्तै अस्पतालले प्रतिभाको मृत्यु भएको घोषणा गरेको थियो ।

प्यारामाउण्ट विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर बिरामी विद्यार्थीलाई अस्पताल नलगेर घर लगिएको भन्दै मृत्युमा अभिभावकको दोष रहेको जिकिर गरेको छ । विद्यालयले बिहान ७ बजे घर पठाएको विद्यार्थीको २ बजे मात्र मृत्यु भएको भन्दै अस्पताल समयमा नपु¥याईएका कारण मृत्यु भएको विद्यालयले दाबी गरेको छ । तर विद्यालयको होस्टेलमा बसेको विद्यार्थीलाई कोरोना कहरका बेला उच्च ज्वरो आउँदा अस्पताल लैजाने दायीत्व विद्यालयको भए नभएको बिषयमा भने स्पष्ट पारेको छैन ।

विद्यालयले पत्रकार बोलाएर विद्यार्थी नाचेकोदेखि बिदा भएर गएको भिडियो समेत देखाइरहँदा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड विपरित झण्डै सय विद्यार्थीसँगै नचाउनु, भेला गराउनु र एउटै कोठामा पढाउने विषयमा भने विद्यालयले केहि बताएको छैन ।

मृतक प्रतिभाका अभिभावकसहित अन्य अभिभावकले विद्यालय परिसर घेराउ गरेर विरोध जनाएपछि अभिभावकसँग भएको सम्झौता समेत कार्यान्वयन नगर्ने बिद्यालयले संकेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरीले दवावमा पारेर विद्यार्थीको नाममा १० लाख अक्षय कोष र विद्यालय परिसरमा मृतक छात्राको प्रतिमा बनाउने सम्झौतामा हस्ताक्षर गराइएको बताए ।

अभिभावकहरुले विरोध जनाएपछि विद्यालयले विद्यार्थीको पहाड घर गुल्मीको स्थानीय विद्यालयमा १० लाख बराबरको अक्षय कोष खडा गरिदिने र प्यारामाउण्ट विद्यालय परिसरमा मृतक प्रतिभा सापकोटाको प्रतिमा बनाईदिने विषयमा सम्झौता गरेको थियो ।

मृतकको दाई समेतको संलग्नतामा विद्यालयमा आई तोडफोड तथा शिक्षकहरुसँग अभद्र व्यवहार गरेपछि बाध्य भएर सम्झौतामा हस्ताक्षर गरिएको गिरीले बताए ।

मृतक विद्यार्थीका अभिभावक भास्कर भण्डारीले भने विद्यालयले शक्ति र धनका आडमा दम्भ देखाएको बताए । १०/८ साईजको कोठामा ६ जना विद्यार्थी राख्नु, झण्डै ८० विद्यार्थीलाई एउटै कक्षा कोठामा पढाउनु, बिरामी हुँदा अस्पताल नलगेर अभिभावक बोलाउनु जस्ता कमजोरी विद्यालयले गरेको भण्डारीले बताए । अभिभावक तातेका बेला सम्झौता गर्ने र अभिभावक सेलाए पछि बहाना खोज्ने विद्यालयको मनसाय गलत रहेको उनको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ५६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।