काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसदलाई सत्तारुढ एमालेले गुण्डागर्दीको शैलीमा अस्पतालमा बन्दी बनाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाहीलाई बन्दी बनाएको आरोप लगाएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनमै सांसद थापा वेपत्ता भएका थिए । तर, उनको खोजविनका नभएसम्म बैठक स्थगित गर्न राजमो सचेतक पियारी थापाले लिखित निवेदन दिएपछि प्रदेशसभाको बैठक अनिश्चितकाका लागि स्थगित भएको छ ।
कांग्रेस प्रवक्ता शर्माले स्वस्थ्य तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ भन्दै प्रश्न गरेका छन्, ‘उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’
@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !
स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021
शाही अचानक बिरामी भएको नाममा चरक अस्पतालको कोभिड आईसीयू वार्डमा भर्ना गरिएका छन् । आश्चर्यको कुरा त यो छ कि प्रदेशसभा सचिवालयले मंगलबार गरेको सांसदहरुको पीसीआर परीक्षणमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनलाई चरकमा कोरोना पोजेटिभ रिपोर्ट देखाएर अस्पतालमा भर्ना गरिएको छ ।



















प्रतिक्रिया