१६ भदौ २०८३, मंगलबार | September 2, 2026

राजमो सांसद वेपत्ता प्रकरण : कांग्रेस भन्छ – अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसदलाई सत्तारुढ एमालेले गुण्डागर्दीको शैलीमा अस्पतालमा बन्दी बनाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाहीलाई बन्दी बनाएको आरोप लगाएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनमै सांसद थापा वेपत्ता भएका थिए । तर, उनको खोजविनका नभएसम्म बैठक स्थगित गर्न राजमो सचेतक पियारी थापाले लिखित निवेदन दिएपछि प्रदेशसभाको बैठक अनिश्चितकाका लागि स्थगित भएको छ ।

कांग्रेस प्रवक्ता शर्माले स्वस्थ्य तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ भन्दै प्रश्न गरेका छन्, ‘उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’

शाही अचानक बिरामी भएको नाममा चरक अस्पतालको कोभिड आईसीयू वार्डमा भर्ना गरिएका छन् । आश्चर्यको कुरा त यो छ कि प्रदेशसभा सचिवालयले मंगलबार गरेको सांसदहरुको पीसीआर परीक्षणमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनलाई चरकमा कोरोना पोजेटिभ रिपोर्ट देखाएर अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि