१ पुस २०८२, मंगलबार | December 16, 2025

२४ घण्टामा रूपन्देहीमा ३८० संक्रमित थपिए



बुटवल । रुपन्देहीमा बुधबार पनि कोरोना संक्रमित बढ्ने रफ्तार रोकिएन । पछिल्लो २४ घण्टामा  ३८० जना संक्रमित थपिएका छन् । मंगलबार २६३  कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा ३८० नयाँ संक्रमित थपिएको जनाएको हो ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १४३ जना संक्रमित थपिएका छन् ।

यस्तै अन्य पालिकाहरुमा तिलोत्तमामा ७३ जना, सिद्धार्थनगरमा ५९ जना, सैनामैनामा २१ जना, देवदहमा १२ जना, शुद्धोधनमा ४९ जना, सियारीमा २ जना ओमसतिया ४ जना कञ्चनमा ५ जना, मायादेबीमा २ जना र समरीमाईमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा लक्षण भएका ५३ जना संक्रमितहरु अस्पतालमा उपचार गराईरहेका छन् । तर, सामान्य अवस्थामा रहेको संख्या भने ह्वात्तै बढेको छ । आज  छन् भने २१५९ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज