१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बुटवलको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जनाको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका तिनीहरुको आज बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यसैगरी ३ बजे मायादेबी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ०४ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि