१२ बैशाख २०८१, बुधबार | April 24, 2024

भारतमा एकैदिन ३६ सय ४७ संक्रमितको मृत्यु



काठमाडौं । भारतमा एकैदिन ३६ सय ४७ संक्रमितको मृत्यु भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४ हजार ८१२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार आठौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार ८ छ ।

यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ४३ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै