३ पुस २०८२, बिहिबार | December 18, 2025

पर्सामा एकैदिन १६९ जना कोरोना संक्रमित थपिए



पर्सा । पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन ।

वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : ५८ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,