८ बैशाख २०८१, शनिबार | April 20, 2024

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक, आइसियूमा उपचार हुँदै



काठमाडौं । कोरोना भाइरस संक्रमण भएर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था खराब हुँदै गएको छ ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अक्सिजनको अधिक मात्रा दिनु परेको छ ।

‘अस्तिसम्म प्रतिमिनेट २.३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो । तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर जैसवालले भने ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए ।

यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ३७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन