१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

जनमोर्चा सांसदलाई अपहरण शैलीमा बन्दी बनाउनमा केन्द्र सरकारको हात छ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारले शक्ति प्रयोग गरेको आरोप लगाएका छन् ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप लगाए । बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने पनि नेता पौडेलले बताए ।

पौडेलले भने, “किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरि पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने,पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिम बिक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको ब्यबस्थामा यस्ता खेल, कीर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानविन हुनुपर्छ ।”

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाही माथि तत्काल कारवाही गर्नुपर्ने जिकिर गरे । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले दाबी गरे । उनले भने, “यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वाशको प्रस्ताव दर्ता हुने बित्तिकै संसद नै स्थगीत गरेर मुख्यमन्त्री काठमाडौँ आएको,यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अकस्मात वेपत्ता भएका थिए । पछि उनी चरक अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको रहस्य खुलेको थियो ।

बुधबार मध्यान्नसम्म पनि सकुशल रहेका शाही मत विभाजन हुनुअघि संसद सचिवालयले गराएको पीसीआर टेष्ट रिपोर्ट भन्दा अलग्गै रिपोर्टको आधारमा अस्पतालको आइसीयुमा भेटिएपछि शंकाको सुई सत्तापक्षतिर मोडिएको हो ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  २ : २६ बजे

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन मात्र बाँकी