२६ बैशाख २०८१, बुधबार | May 9, 2024

जनमोर्चा सांसदलाई अपहरण शैलीमा बन्दी बनाउनमा केन्द्र सरकारको हात छ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारले शक्ति प्रयोग गरेको आरोप लगाएका छन् ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप लगाए । बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने पनि नेता पौडेलले बताए ।

पौडेलले भने, “किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरि पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने,पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिम बिक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको ब्यबस्थामा यस्ता खेल, कीर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानविन हुनुपर्छ ।”

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाही माथि तत्काल कारवाही गर्नुपर्ने जिकिर गरे । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले दाबी गरे । उनले भने, “यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वाशको प्रस्ताव दर्ता हुने बित्तिकै संसद नै स्थगीत गरेर मुख्यमन्त्री काठमाडौँ आएको,यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अकस्मात वेपत्ता भएका थिए । पछि उनी चरक अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको रहस्य खुलेको थियो ।

बुधबार मध्यान्नसम्म पनि सकुशल रहेका शाही मत विभाजन हुनुअघि संसद सचिवालयले गराएको पीसीआर टेष्ट रिपोर्ट भन्दा अलग्गै रिपोर्टको आधारमा अस्पतालको आइसीयुमा भेटिएपछि शंकाको सुई सत्तापक्षतिर मोडिएको हो ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  २ : २६ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s