१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दमकमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज



झापा । पूर्वपश्चिम राजमार्गको दमक-९ स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद वस्तु फेला पर्दा केहिबेर जनजिवन त्रासमय बनेको छ ।

एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

शंकास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निस्क्रिय बनाएको हो । बिहानै शंकास्पद वस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरू त्रसित भएका थिए ।

फेला परेको शंकास्पद वस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : १७ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार