२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशमा रहेका २५ बेड माथिका सबै सरकारी, सामुदायीक र निजी अस्पतालमा कोरोना संक्रमितको उपचार हुने



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा रहेका २५ बेड भन्दा बढी बेड भएका सरकारी निजी, सामुदायीक तथा सहकारी अस्पतालहरुलाई कोरोनाको उपचारका लागि प्रयोग गर्ने गरि परिपत्र आएलगत्तै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग बैठक गरि त्यस्ता अस्पताल प्रयोग गरे बापत सरकारले शोधभर्ना गर्ने दर तय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरिको अध्यक्षतामा बसेको सरोकारवाला निकायबीचको बैठकले त्यस्ता अस्पताल कोरोना संक्रमितको उपचार गरे बापत सरकारले ती अस्पताहरुलाई दिने शोधभर्नाको रहक तय गरिएको हो । मन्त्रालयले प्रदेशमा रहेका सबै अस्पतालहरुलाई कोरोना उपचारका लागि उपयोग गर्न र अस्पतालसँग सम्झौता गर्न प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

मेडिकल कलेज, निजी तथा सामुदायीक अस्पतालमा कोरोना संक्रमितको उपचार गरे बापत अक्सिजन सहितको १ वटा बेडको प्रति दिन ३५००, आईसीयू र एडीओ सहितको बेडको प्रतिदिन ७०००, आसीयू भेन्टिलेटर सहितको बेडको प्रतिदिनको १५००० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शोधभर्ना भुक्तानी हुने गरि दर रेट निर्धारण गरेको छ ।

मन्त्रालयको परिपत्रमा सरकारी, सामुदायीक, निजी तथा सहकारी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्नै पर्ने, त्यस्ता अस्पतालसँग प्रदेश सरकार समाजिक विकास मन्त्रालयले सम्झौता गर्ने र प्रत्येक अस्पतालले कोरोना फोकलपर्शन तोक्नु पर्ने तथा संक्रमितको उपचारको सम्पूर्ण विवरण मन्त्रालयले तोकेको बिधिमा सफ्टवेयरमा अध्यावधिक गर्नु पर्ने उल्लेख गरिएको थियो ।

भुक्तानी गर्ने दररेट सबैको सहमतीमा तय भएको र छिट्टै प्रदेशमा रहेका सबै मापदण्ड पुगेका अस्पतालसंग सम्झौता हुने लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताए । खबरकरासँग कुरा गर्दै मन्त्री गिरीले प्रदेशका सबै अस्पतालले कोरोना उपचारमा लाग्न तयार भएको बताए । ‘सबैको सहमतीमा दररेट तय भएको छ अव एकदुईदिनमा सम्झौता हुन्छ ।’ उनले भने ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : १९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले