२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना कहर : एक मुद्दामा एक जना, विशेष अदालतमा सेवा कटौती



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ ।

सम्बन्धित मुद्दाका एक-एक पक्ष र एक-एक कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउनेछन् । कोरोना जाखिमबाट बच्न सर्वोच्चले यस्तो विधि अपनाएको हो ।

अदालत प्रवेश गर्नपूर्व अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र हात धोएर सेनिटाइजर प्रयोग गर्नुपर्नेलगायत नियम बनाइएको छ । अदालतले भिड नियन्त्रण कायम गर्न र सामाजिक दूरी कायम राख्नका लागि इजलासमा एक कानुन व्यवसायीले मात्रै बहस गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थिति मूल्यांकन गर्दै सर्वोच्चले आगामी ३१ वैशाखसम्मका लागि न्याय सेवामा संकुचन ल्याएको हो । बन्दी प्रत्यक्षीकरण रिट र कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी रिटमा मात्रै सुनुवाइ गरिरहेको छ । सर्वोच्चले सोबाहेक सबै मुद्दा स्थगन गरेको छ ।

बिहीबार सर्वोच्चमा दुई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ भयो । सर्वोच्चमा बिहीबार ११ वटा रिट निवेदन दर्ता भएका छन् । ती कर्तव्य ज्यान, लागूऔषध, बैंकिङ कसुर, बलात्कार, राजस्व चुहावटलगायत रिट दर्ता भएको छ ।

नियमित प्रक्रियाका मुद्दा भएकाले सर्वोच्चले तत्काल मुद्दा सुनुवाइका लागि पेसी तोकेको छैन । सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएकै दिन सुनुवाइ हुने प्रबन्ध मिलाएको छ । कोरोना महामारीपछि उत्पन्न परिस्थिति र जनस्वास्थ्यसँग जोडिएको विषय रिट प्राथमिकतामा राखेर सुनुवाइ सुरु गरेको छ । रिट दर्ताका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।

कोरोना संक्रमण तीव्र बनेका कारण रिट निवेदन र मुद्दामा भएका आादेशको म्याद बुझाउनै तामेलदारलाई सकस परेको छ । सर्वोच्चले गत वर्ष पनि कोभिड जोखिमका कारण न्यायमा संकुचन ल्याएको थियो । अघिल्लो वर्ष न्याय सेवा संकुचन भए पनि बन्दी प्रत्यक्षीकरण, रिट निवेदन दर्ता, अन्तरिम आदेशको छलफल, पुनरावेदन दर्ता, थुनुवा रहेका निवेदन, मुद्दा फिर्ता र पुनरावलोकनमा सुनुवाइ भने रोकिएको थिएन ।

विशेष अदालतमा सेवा कटौती

कारोना संक्रमण बढेपछि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा सुनुवाइ गर्दै आएको विशेष अदालतले आफ्ना नियमित सेवा कटौती गरेको छ । बिहीबारदेखि अदालतले आफ्ना सेवा कटौती गरेको हो ।

अदालतले आरोपपत्र/अभियोगपत्र दर्ता, थुनछेक बयान र आदेश अनुसारको कार्य र म्याद थप मात्र गर्ने भएको छ । विशेषले हाललाई मुद्दाको पेसी, पेसी एवं साधारण तारेख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं वारिस अनुमतिलगायतका निवेदन पेसी, धरौटी फिर्ता र रोक्का फुकुवासम्बन्धी सेवा स्थगित गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ५५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा