१६ बैशाख २०८१, आइतबार | April 29, 2024

कोरोना कहर : एक मुद्दामा एक जना, विशेष अदालतमा सेवा कटौती



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ ।

सम्बन्धित मुद्दाका एक-एक पक्ष र एक-एक कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउनेछन् । कोरोना जाखिमबाट बच्न सर्वोच्चले यस्तो विधि अपनाएको हो ।

अदालत प्रवेश गर्नपूर्व अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र हात धोएर सेनिटाइजर प्रयोग गर्नुपर्नेलगायत नियम बनाइएको छ । अदालतले भिड नियन्त्रण कायम गर्न र सामाजिक दूरी कायम राख्नका लागि इजलासमा एक कानुन व्यवसायीले मात्रै बहस गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थिति मूल्यांकन गर्दै सर्वोच्चले आगामी ३१ वैशाखसम्मका लागि न्याय सेवामा संकुचन ल्याएको हो । बन्दी प्रत्यक्षीकरण रिट र कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी रिटमा मात्रै सुनुवाइ गरिरहेको छ । सर्वोच्चले सोबाहेक सबै मुद्दा स्थगन गरेको छ ।

बिहीबार सर्वोच्चमा दुई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ भयो । सर्वोच्चमा बिहीबार ११ वटा रिट निवेदन दर्ता भएका छन् । ती कर्तव्य ज्यान, लागूऔषध, बैंकिङ कसुर, बलात्कार, राजस्व चुहावटलगायत रिट दर्ता भएको छ ।

नियमित प्रक्रियाका मुद्दा भएकाले सर्वोच्चले तत्काल मुद्दा सुनुवाइका लागि पेसी तोकेको छैन । सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएकै दिन सुनुवाइ हुने प्रबन्ध मिलाएको छ । कोरोना महामारीपछि उत्पन्न परिस्थिति र जनस्वास्थ्यसँग जोडिएको विषय रिट प्राथमिकतामा राखेर सुनुवाइ सुरु गरेको छ । रिट दर्ताका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।

कोरोना संक्रमण तीव्र बनेका कारण रिट निवेदन र मुद्दामा भएका आादेशको म्याद बुझाउनै तामेलदारलाई सकस परेको छ । सर्वोच्चले गत वर्ष पनि कोभिड जोखिमका कारण न्यायमा संकुचन ल्याएको थियो । अघिल्लो वर्ष न्याय सेवा संकुचन भए पनि बन्दी प्रत्यक्षीकरण, रिट निवेदन दर्ता, अन्तरिम आदेशको छलफल, पुनरावेदन दर्ता, थुनुवा रहेका निवेदन, मुद्दा फिर्ता र पुनरावलोकनमा सुनुवाइ भने रोकिएको थिएन ।

विशेष अदालतमा सेवा कटौती

कारोना संक्रमण बढेपछि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा सुनुवाइ गर्दै आएको विशेष अदालतले आफ्ना नियमित सेवा कटौती गरेको छ । बिहीबारदेखि अदालतले आफ्ना सेवा कटौती गरेको हो ।

अदालतले आरोपपत्र/अभियोगपत्र दर्ता, थुनछेक बयान र आदेश अनुसारको कार्य र म्याद थप मात्र गर्ने भएको छ । विशेषले हाललाई मुद्दाको पेसी, पेसी एवं साधारण तारेख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं वारिस अनुमतिलगायतका निवेदन पेसी, धरौटी फिर्ता र रोक्का फुकुवासम्बन्धी सेवा स्थगित गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ५५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क