१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो



काठमाडौं । ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

विहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरेका छन् ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।

जलासय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए । जलविद्युत आयोजनामा अपर तामाकोशी महत्वपूर्ण गौरवको आयोजना भएको बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आठ देखि १० दिनभित्र सुरुङमा पानी भरिएपछि विद्युत उत्पादनको परिक्षण हुने बताए । त्यस्तै खिम्ती सवस्टेशनमा बिधुत पुराएर राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गरिने उनले जानकारी दिए ।

पहिलो युनिटबाट बिजुली निकालेको १५-२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ ।

उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुनेछ । बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको लागत बढिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ५९ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि