१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भारतमा कोरोना महामारी : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमण दर उच्च बन्दै गएको भारतमा पछिल्लो २४ घण्टाको संक्रमण र मृत्यु दर झनै उच्च बिन्दुमा पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ८ हजार ३१३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टमा ३ लाख ८६ हजार ८२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जस अनुसार हालसम्म संक्रमितहरुको कुल संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।

भारतमा १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ ।

एकैदिन संक्रमण पुष्टि र मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै हो । संक्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ ।

यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०८ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति