२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

भारतमा कोरोना महामारी : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमण दर उच्च बन्दै गएको भारतमा पछिल्लो २४ घण्टाको संक्रमण र मृत्यु दर झनै उच्च बिन्दुमा पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ८ हजार ३१३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टमा ३ लाख ८६ हजार ८२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जस अनुसार हालसम्म संक्रमितहरुको कुल संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।

भारतमा १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ ।

एकैदिन संक्रमण पुष्टि र मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै हो । संक्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ ।

यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०८ बजे

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा