२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बाँकेमा एकैदिन ११ जना संक्रमितको मृत्यु



बाँके । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका-२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ३३ बजे

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा