२३ माघ २०८२, शुक्रबार | February 6, 2026

कञ्चनपुरमा घरघरमै कोरोनाको : लेखापढी व्यवसायी देखि पूर्व प्रहरीको पनि कोरोनाबाट मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा कोरोना महामारीले दैनिक २÷३ जनाको मृत्यु भईरहेको छ । जिल्लामा कोरोना महामारी घरघरमै देखिन थालेको छ भने जिल्लमा मृत्यु दर पनि उच्च देखिएको छ । बिहीबार महाकाली अस्पतालका उपचारार्थ ३ जनाको मृत्यु भएको थियो, भने शुक्रबार पनि बिहानै थप दुई जनाको मृत्यु भएको छ ।

श्वास प्रश्वास, रुघाखोकी र ज्वोरोका लक्षण देखिएपछि उपचारका लागि महाकाली अस्पतालमा आएका लेखापढी व्यवसायी तथा पुर्व प्रहरीको एकै दिन मृत्यु भएको छ । उनीहरु भारतबाट पनि नआएको र भारतबाट आएकाहरुसँग सम्पर्क पनि नगरेको परिवारका सदस्यहरुले बताएका छन् ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरका स्थानीय समेत रहेका लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका ४५ बर्षिया अध्यक्ष र शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ५५ बर्षिया पुर्व प्रहरीको एकै दिन मृत्यु भएको हो ।

पूर्व प्रहरीका आफन्तले सरकारले कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि पूर्व तयारी नगर्दा समान्य बिरामीमा कोरोना सक्रमित भई मृत्यु भएको बताए । ‘मानिस जन्मेपछि मृत्यु हुन्छ, यो सत्य कुरा हो, तर यत्रो महामारीका सरकारले अस्पतालमा जनशक्ति स्रोत साधन व्यवस्थापन गर्न नसक्नु कस्तो लार्पर्बाही हो ।’ उनीहरुले भने ।

महाकाली अस्पतालमा लगातार दुई दिनमा एक महिला सहित ५ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

भारतबाट आएका सबैको कोरोना परीक्षण नगर्ने र होल्डीङ्ग सेन्टरमा समेत नराखि सिधै बस चढाएर गाँउ पठाउने गरिएका कारण गाँउ गाँउमा कोरोना महामारी फैलिरहेको स्थानीयको भनाई छ ।

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक लालबहादुर बमले भने गड्डाचौकीमा हेल्डीङ सेण्टर बनाएर एन्जिेन परीक्षपछि मात्र भारतबाट आएका नेपालीलाई घर पठाउने गरिएको बताए । ठूलो संख्यामा नेपालीहरु फर्किरहेकाले छिटफुट आफु खुसी निस्केको हुन सक्ने भएपनि प्रहरीले कडाई गरिरहेको उनले बताए ।

कञ्चनपुरमा कोरोना रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि लकडाउन गरेको छ । गत बर्ष कोरोना रोकथामका लागि तीनै तहका सरकारका प्रतिनिधी र सरकारी संयन्त्रहरु संस्थागतरुपमा कोरोनासंग लडेको भएपनि यस पटक भने कोरोना रोकथामका लागि प्रभावकारी कदम कसैले चालेका छैनन ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ३५ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा