७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकामा एकै दिन झण्डै ३ हजार संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाभित्र झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित २२ जिल्लामा कोरोना संक्रमण नियन्त्रणबाहिर जानलागेको भन्दै आम सर्वसाधारणलाई सचेत गराएलगत्तै मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २९५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समयमा यति धेरै संक्रमण एकै दिनमा भएको यो नै पहिलो रेकर्ड हो ।

उपत्यकाभित्र काठमाडौं जिल्लामा मात्रै २४०४ जनालाई संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा पनि लगाइएको छ । यो निषेधाज्ञाले कोरोना संक्रमणको ब्रेकडाउन गर्न अझै केही दिन लाग्ने भएका कारण त्यतिन्जेलसम्म उपत्यकामा अझै संक्रमण दर बढ्नसक्ने देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई