४ आश्विन २०८३, आइतबार | September 20, 2026

भारतमा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन ४ लाख बढी संक्रमित थपिए, साढे ३ हजार बढीको मृत्यु



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज नयाँ रेकर्ड कायम गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका छन । यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : २२ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल