१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा एक्कैरातमा ६ जना कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । बाँकेमा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन, दाङका २ र कपिलवस्तुका एकजना रहेका छन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ ।

बैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यस अघि नै मृत्यु भइसकेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज, कोहलपुरमा राती साढे नौं बजे मृत्यु भएको छ । बैशाख १७ गते भर्ना भएका उनको २६ गते पीसीआर गरिएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर परिक्षण गरिएको थियो । गएराती १० बजे उनको मृत्यु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका विरामीको राती ४ बजे मृत्यु भएको छ।

मेडिकल कलेज, कोहलपुरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो। राती १२ः३० बजे उनको मृत्यु भयो।

दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ। वैशाख ८ गते भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो। राती ४ बजे मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ भने यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय १७ जना पुगेका छन्।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज