७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पहिला भीडमा रमाएको सरकारले अहिले त्रास फैलाउँदैछ : वर्षमान पुन



काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले कोरोना नियन्त्रण गर्न सक्दिन भनेर त्रास फैलाएको आरोप लगाएका छन् ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले नेता पुनले कोरोना रोकथाम तथा न्युनिकरणमा नलागि सरकारले गम्भिर लापरबाही गरेको आरोप लगाए ।

लापरबाहीपूर्ण तरिकाले पहिला भीड जम्मा गरेको सरकारले अहिले कोरोना नियन्त्रण गर्न सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको पुनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिप्रति नेता पुनले टिप्पणी गरेका हुन् । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए ।

पुनले भने, – ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ४६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी