४ पुस २०८२, शुक्रबार | December 20, 2025

महामारीको समयमा सरकार जिम्मेवारीबाट पन्छिन पाउँदैन : चिकित्सक संघ



काठमाडौं । नेपाल चिकित्सक संघले महामारीको बेलामा सरकार र स्वास्थ्य मन्त्रालय जिम्मेवारीबाट पन्छिन नपाउने जनाएको छ ।

चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको भएको हुँदा कोभिड महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने ठहर गरेको हो ।

संघले महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गरेको छ ।

संक्रमितहरुको उपचारको क्रममा चिकित्सकतथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गईरहेको भन्दै संघले उनीहरुलाई महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथाज नशक्तिको उचित ब्यवस्थापन गर्न पनि माग गरेको छ । यस्तै महामारी रोकथाम तथा उपचारका लागि विगतमा झैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयलाई आवश्यक सहयोग र सहकार्य गर्न सँधै तत्पर रहेको समेत चिकित्सक संघले जनाएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको