१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीमा थपिए ४३२ संक्रमित, ९ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधीमा जिल्लामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । ६९० जनाको पीसीआर परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि रुपन्देहीको बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा पछिल्लो २४ घण्टामा २०५ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितरुमा तिलोत्तमामा ७२ जना, सिद्धार्थनगरमा ६५ जना, दृवदहमा २३ जना, सैनामैनामा १५ जना, सुद्धोधनमा १३ जना, सियारीमा ८ जना, क१चनमा ७ जना संक्रमित थपिएका छन् । त्यसैगरि मायादेबी र लुम्बिनी सांस्कृतिक नगरमा ६।६ जना, ओमसतिया र रोहिणीमा ४।४ जना, कोटहिमाईमा २ जना तथा गैडहवा र मर्चवारीमा १।१ जना संक्रमित थपिएका छन् ।

आज भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २०० पुगेको छ । जिल्लामा अहिले पनि ६९ जना सिकिस्त संक्रमितले बिभिन्न अस्पताहरुमा उपचार गराई रहेका छन् भने ३२१३ जना होम आइसोलेसनमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ०१ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको