२८ आश्विन २०८३, बुधबार | October 14, 2026

आज सूचना प्रविधि दिवस : सरकारी सेवा अनलाइनबाटै नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’-सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा सुशासन, दीगो विकास एवं गरीबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने संकल्प लिएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा उनले भनेका छन्, ‘सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।’

‘सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुच पुुर्‍याउन सरकारले संघीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ,’ सन्देशमा उनले भने, ‘सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।’

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरू, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरूमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

‘साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ,’ उनले सन्देशमा भने । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड-१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, संघ, संस्थाहरूप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ०७ बजे

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।