१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भेरी अस्पतालमा चिकित्सक अभाव भएपछि कर्णालीबाट पठाईंदै



जुम्ला । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो । “सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा प्रकाश थापाले गराएका थिए”, प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले भने, “त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको हो ।”

प्रमुख गिरीसहित डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका छन्। “मौसमले साथ दिए र उडान भए आजै नेपालगञ्ज जाने तयारी गरिएको छ । “करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ”, डा गिरीले भने ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेर्छ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा गिरीले बताए ।

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन् । अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी सङ्क्रमित भएर पनि उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

-रासस

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : २३ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा