१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दाङमा कारभित्र मृत भेटिएका बालकहरूको पहिचान खुल्यो



दाङ । दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ। उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।

मृतकमध्ये दुई दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घटना कसले र किन गर्‍यो भन्ने अनुसन्धानकै क्रममा छ।

यसैबीच प्रनाउ सिंहका अनुसार कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ। उनलाई अनुसन्धानका लागि झिकाइएको प्रमुख सिंहले बताए।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ४७ बजे

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान