१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । शनिबार साँझ ५ः३० बजे यता बाँकेमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले ढिलागरि दिएको सुचना अनुसार बाँकेका ३ जना र बर्दियाका एक जना गरि रातभरीमा ४ जना संक्रमितको मृत्यु भएको हो ।

नेपालगन्ज् मेडिकल कलेजमा १८ गते बिहान भर्ना भएका बर्दिया राजापुरका २७ वर्षिय पुरुषको साँझ शनिबार ५ः३० बजे मृत्यु भएको थियो भने साहि अस्पतालमा उपचाररत बाँके बैजनाथ २ का २० वर्षिय पुरुषको शनिबार साँझ ६ बजे मृत्यु भएको थियो । त्यसैगरि भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुर ११ का ३० वर्षिया महिलाको शनिबार राती ८ बजे मृत्यु भएको थियो भने खजुरा गाँउपालिकाले बनाएको जनक शिक्षा केन्द्रको भवनको आइसोलेशनमा उपचाररत खजुरा ३ का ४० वर्षिय पुरुषको शनिबार साँझ ६ः१५ बजे मृत्यु भएको थियो ।

बाँकेमा हिजो राती सम्ममा बाँके जिल्ला भित्रका १२३ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरु मध्य ११९ संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज