२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने एमाले संसदीय दलको निर्णय



बुटबल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन: शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

बुटवल स्थित होटल न्यु ईरामा बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अगाडि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिए ।

नेकपा एमालेको यो निर्णयसँगै लुम्बिनी प्रदेशमा आजै शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुन सक्ने र पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए ।

मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष बुझाएको राजीनामा आजै स्वीकृत भएको थियो ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : ०३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा