१७ असार २०८३, बुधबार | July 2, 2026

लुम्बिनी प्रदेशसभाको समीकरणमा नाटकीय परिवर्तन; विमला वली माओवादीमा प्रवेश, एमालेको एकल बहुमत गुम्यो



बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा मिनेटैपिच्छे नाटकीय परिवर्तन भएको छ । लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

एमालेकी भनिएकी वली आफु निर्वाचित भएको दल नेपाल कम्युनिष्ट नेकपा कायम नभएको अवस्थामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाएकी हुन् । दाङ ३ (ख) बाट निर्वाचित वली नेकपा एमालेबाट नभै एमाले र माओवादी केन्द्र मिलेको अवस्थामा रहेको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएको जिकिर गरेकी छिन् ।

वलीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा आफु निर्वाचित पार्टी नभएको अवस्थामा माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी छन् ।

तत्कालिन नेकपा पार्टीको तर्फबाट प्रतिनिधिसभाको उपनिर्वाचनमा एक जना र राष्ट्रिय सभामा अन्य कैयौं सांसद निर्वाचित भएका छन् । सर्वोच्च अदालतको फैसलापछि उनीहरु आफुले रोजेको पार्टीमा प्रवेश गरेका छन् ।

ओलीले एमालेमा नरहेको घोषणा गरेपछि अब लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको अवस्था गुमेको छ ।

एमालेले ८१ सदस्यीय प्रदेशसभामा (जसपाका चार सांसदहरु हालै पदमुक्तभएपछि) आफुसँग ४१ सदस्य रहेको भन्दै एकल बहुमतको सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री शंकर पोखरेलले आजै बिहान मात्र पदबाट राजीनामा दिएर पुनः नियुक्तिको बाटो रोजेका थिए । एकल बहुमतको सरकारले विश्वासको मत लिन नपर्ने उद्देश्यका साथ पोखरेलले राजीनामाको चतुर्याईं देखाएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  २ : ०७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)