१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

विमला वलीले भनिन : मेरै बुुद्धि र विवेकले माओवादी केन्द्र रोजेकी हुँ (भिडियो सहित)



बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वलीले आफु नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छिन् ।

सांसद वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफु आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । वलीले बैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरेपछि औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको बताइन् ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरुले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरुले धेरै सहयोग गर्नुभएको हो ।’ उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।

सांसद वलीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ०७ बजे

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज