१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

४२ सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता केसीद्वारा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी



बुटवल । लुम्बिनी प्रदेशससभाका ४२ जना सांसदहरुको हस्ताक्षर लिएर प्रदेशसभाका नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसीले मुख्यमन्त्रीको दाबी गर्दै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष निबेदन दर्ता गराएका छन् ।

प्रदेश प्रमुख यादवले बहुमत सदस्यहरुको हस्ताक्ष्र सहित मुख्यमन्त्रीमा दाबी गर्न आएको भन्दै आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्री पदमा पुनः नियुक्ति गरेको केहि बेरमै माओवादी केन्द्र सहितको सांसदहरु ४२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

उनीहरुले यस अघिनै संसदको बहुमत सांसदहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव सहित समावेदन बाट संसदको बिशेष अधिवेशन आह्वान गरिएकोमा संसद अधिवेशन बस्ने दिनमै मुख्यमन्त्रीले राजीनामा दिएको र संसदको अधिवेशन समेत अन्त्य भएको सन्दर्भमा बहुमत सांसदहरुको समर्थन सहित मुख्यमन्त्रीमा सांसद कुल प्रसाद केसीलाई नियक्ति गर्नका लागि प्रदेश प्रमुखलाई निबेदन दिएका छन् ।

प्रदेशसभामा दाङकी सांसद बिमला वलीले आजै माओवादी पार्टी रोजेको भन्दै संसदमा निबेदन दर्ता गरेपछि पोखरेल संसदमा अल्पमतमा परिसकेका थिए । त्यसमा पनि आजै ३ जना थप सांसदहरुले राजीनामा दिए पनि पोखरेल संसदमा स्पष्ट अल्पमतमा परिसकेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुर्गनारायण पाण्डेयले राजीनामा दिएका छन् भने कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पाेखरेललाइ दिएकाे समर्थन फिर्ता लिएका छन् । श्रीवास्तव र शाही सुर्य चिन्हबाट निर्वाचन लडेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ३९ बजे

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत