१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

४२ सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता केसीद्वारा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी



बुटवल । लुम्बिनी प्रदेशससभाका ४२ जना सांसदहरुको हस्ताक्षर लिएर प्रदेशसभाका नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसीले मुख्यमन्त्रीको दाबी गर्दै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष निबेदन दर्ता गराएका छन् ।

प्रदेश प्रमुख यादवले बहुमत सदस्यहरुको हस्ताक्ष्र सहित मुख्यमन्त्रीमा दाबी गर्न आएको भन्दै आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्री पदमा पुनः नियुक्ति गरेको केहि बेरमै माओवादी केन्द्र सहितको सांसदहरु ४२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

उनीहरुले यस अघिनै संसदको बहुमत सांसदहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव सहित समावेदन बाट संसदको बिशेष अधिवेशन आह्वान गरिएकोमा संसद अधिवेशन बस्ने दिनमै मुख्यमन्त्रीले राजीनामा दिएको र संसदको अधिवेशन समेत अन्त्य भएको सन्दर्भमा बहुमत सांसदहरुको समर्थन सहित मुख्यमन्त्रीमा सांसद कुल प्रसाद केसीलाई नियक्ति गर्नका लागि प्रदेश प्रमुखलाई निबेदन दिएका छन् ।

प्रदेशसभामा दाङकी सांसद बिमला वलीले आजै माओवादी पार्टी रोजेको भन्दै संसदमा निबेदन दर्ता गरेपछि पोखरेल संसदमा अल्पमतमा परिसकेका थिए । त्यसमा पनि आजै ३ जना थप सांसदहरुले राजीनामा दिए पनि पोखरेल संसदमा स्पष्ट अल्पमतमा परिसकेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुर्गनारायण पाण्डेयले राजीनामा दिएका छन् भने कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पाेखरेललाइ दिएकाे समर्थन फिर्ता लिएका छन् । श्रीवास्तव र शाही सुर्य चिन्हबाट निर्वाचन लडेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ३९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’